फोहोरबाट मल र ग्याँस उत्पादन गरिंदै

४ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा  सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्याँस’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देव तालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरेको हो । प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै […]

सम्बन्धित सामग्री

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।...

मल र बायो ग्याँस उद्योग सञ्चालनमा

स्थानीय स्तरमै उपलब्ध गोबर खरिद गरी व्यवसायिक रुपमा प्राङ्गारिक मल र बायो ग्याँस उत्पादन गर्ने उद्देश्यले जीवन विकास समाजले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको हो।...

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने

दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए ।उनका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहोरबाट ऊर्जाअन्तर्ग

स्वदेशमै उत्पादित बायो ग्याँस र प्राङ्गारिक मलले बजार पाएन

पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन । वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य राखेर कम्पनीले डेढ वर्षअघिबाट ग्याँस उत्पादन शुरु गरेको थियो । नेपालमा भारतले नाकाबन्दी लगाएपछि खाना पकाउने एलपिजी ग्याँसको चरम अभावपछि स्वदेशमै बायो प्रविधिबाट ग्याँस उत्पादन गर्ने योजनाअनुसार यस कम्पनीको अवधारणा आएको बताइन्छ । छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको एलजिपी ग्याँसको आयात न्यूनीकरण गरी देशभित्रै वैकल्पिक ऊर्जामा आत्मर्निभर बन्ने प्रयास थालनी गरेको गण्डकी ऊर्जा कम्पनीबाट उत्पादित ग्यासले अहिले बजार पाउन नसकेको गुनासो सञ्चालकहरुको छ । कम्पनीले कुहिने फोहरलाई प्रशोधन गरेर बायो ग्याँस र प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । कम्पनीबाट उत्पादित ग्याँस सिलिण्डरमा भरेर घरघरमा पठाउने गरिएकामा बन्दाबन्दीपछि कम्पनीका अधिकांश ग्राहक बन्द भए । ग्राहक बन्द भएपछि कम्पनीबाट उत्पादनसमेत कम हुन थाल्यो ।

घरभित्रको फोहोरबाट ग्याँस उत्पादन प्रविधि नेपालमा

घरभित्र उत्पादन हुने कुहिने फोहोरबाट घरभित्रै ग्याँस र अर्गानिक मल उत्पादन गर्ने इजरेली प्रविधि नेपाल भित्रिएको छ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा देखा परिरहेको बेला नेपालमा पहिलोपटक वातावरणमैत्री मानिने इजरेली होम बायोग्याँस प्रविधि नेपालमा भित्रिएको हो ।