भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो : प्रहरी

२६ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताएका हुन् । भट्टको बलात्कार भएको पुष्टि भएको समाचार अनलाइनखबरमा आइतबारै प्रकाशित भएको थियो । […]

सम्बन्धित सामग्री

कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या

प्रिस्टिना, ७ असोज । कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सिमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो । सडकमा अवरोध सृजना गरेर बसेका आक्रमणकारीको समूहले प्रहरीलाई देख्नेबित्तिकै ग्रिनेडलगायत विष्फोटक पदार्थसँगै गोली वर्षाएको प्रहरीले एक […]

श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा

मङ्गलबारे, २५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । निज तामाङलाई हाल इलाका प्रहरी […]

सशस्त्रका असई हत्या प्रकरण : एक प्रहरी जवान पक्राउ

सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव हत्या प्रकरणमा  एकजना प्रहरी जवान पक्राउ परेका छन‌्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा...

श्रीमतीको हत्या गरि श्रीमान पुगे प्रहरी चौकी

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । शुक्रबार दिउँसो जगंलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले काँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आफै प्रहरी चौकीमा पुगेको जिल्ला […]

श्रीमतीको हत्या गरि श्रीमान आफैँ पुगे प्रहरी चौकि

२७ वर्षका एक युवाले श्रीमतीको हत्या गरि आफैँ प्रहरी चौकिमा पुगेका छन् ।  जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ बस्ने कमल भुसालले वर्ष २४ की श्रीमती सरु भट्टराई  भुसालको  हत्या गरेको...

कैलालीमा श्रीमानको हत्या गरेर महिला पुगिन प्रहरी कार्यालय

कैलाली, २८ चैत्र । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेर प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन् । प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी थिइन् । उनी आज बिहान प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी हुन् ।

केन्यामा प्रहरी अधिकारीद्धारा एके-४७ चलाएर श्रीमतीसहित ६ जनाको हत्या

केन्यामा एक प्रहरी अधिकारीले एके-४७ चलाएर श्रीमतीसहित ६ जनाको हत्या गरेका छन्। बिबिसीका अनुसार घरमा श्रीमतीको हत्या गरि ती प्रहरी अधिकृत राजधानी नैरोबी नजिकै पर्ने केबेट पुगेर थप पाँच जनाको हत्या गरेका थिए। ६ जनाको हत्यापछि ती प्रहरी अधिकारीले आत्महत्या गरेका थिए। घटनाको कारण नखुलेपनि यसअघि ती प्रहरी अधिकारी र उनकी श्रीमतीबीच झगडा हुँदै आएको […]

अस्मिता हत्या प्रकरण : अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ । शनिवार परशुराम नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक वनमा मृत फेला परेकी २६ वर्षीया धामीको हत्या घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै […]

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सात प्रहरी पुरस्कृत

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए । प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् । बैतडी दोगडाकेदार ...