गोली हानेर ड्युटीमा खटिएकी महिला प्रहरीको हत्या, हत्या गर्ने प्रहरी आफ्नै श्रीमान

दाङ : दाङमा गोली हानेर ड्युटीमा खटिएकी एक महिला प्रहरीको हत्या भएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो।  वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।घटना साँझ करिब साढे ७ बजे भएको हो। गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमहीको अर्जुन खोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सुन्दरहरैचा । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका आरोपमा श्रीमान पक्राउ परेका छन् । सोमबार साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको बताइएकाे छ । लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट […] The post श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धादिङमा श्रीमान र श्रीमतीकाे हत्या

धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका-३ मुलपानी आहालेमा श्रीमान र श्रीमतीकै हत्या भएको छ । अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकाे हाे । श्रीमती निरमायाँको शव घरभित्रै रहेको र श्रीमान विष्णुको शव भने घरबाहिर रहेको घटना स्थलबाट स्थानीयले बताएका छन् । उनीहरू दुवै […]

महिलाको हत्या गरेको अभियोगमा श्रीमान र भाउजु पक्राउ

बारा, १९ भदौ । आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । खातुनको हत्याको आरोपमा श्रीमान महागढीमाई नगरपालिका–३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको […]

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोलमा २३ वर्षीय प्रतिमा कुमारी यादवलाई श्रीमान दिनेश प्रसाद यादवले हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले श्रीमतीको घाँटी दबाई हत्या गरेको खुलेपछि वडा प्रहरी कार्यालय श्रीपुरमाबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा…

श्रीमतीको हत्या गरि श्रीमान पुगे प्रहरी चौकी

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । शुक्रबार दिउँसो जगंलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले काँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि आफै प्रहरी चौकीमा पुगेको जिल्ला […]

मोरङमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

मोरङको जहदा गाउँपालिका–२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।हत्या आरोपमा उनकै श्रीमान ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।आरोपीलाई  जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसप

कैलालीमा श्रीमानको हत्या गरेर महिला पुगिन प्रहरी कार्यालय

कैलाली, २८ चैत्र । कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेर प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन् । प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी थिइन् । उनी आज बिहान प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी हुन् ।

श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परे

प्रदेश १ को भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कमा श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परेका छन् । भोजपुर प्रहरीलाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी गराए अनुसार शनिबार...

धनुषामा गर्भवतीको हत्या, श्रीमान पक्राउ

जनकपुरधाम : लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी एक महिलाको हत्या भएको छ। हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।२३ वर्षीया प्रियंका पासवानको सोमबार राति हत्या भएको हो। हत्या आरोपमा २९ वर्षीय सन्तोष पासवानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।महोत्तरीको वलवा नगरपालिका–५ पूर्वारी टोल माइती रहेको प्रियंकाको ६ वर्ष पहिले सन्तोषसँग विवाह भएको वुवा बिनोद पासवानले बताए। उनले भने, ‘मेरी छोरी गर्भवती थिइन्। उनको शरीरमा देखिएको चोटपटक र घाँटीमा डाम दे

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ - दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चराे प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।