एचआईडिसीएलको अक्सनमा शेयर नपरेको पैसा फिर्ता आउँन थाल्यो, नआएको भए के गर्ने ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को लिलामीमा शेयर नपरेका आवेदकको पैसा फिर्ता आउँन थालेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कार्तिक ७ गते शेयर बाँडफाँड गरि सोहि दिन देखि नै रकम फिर्ता गर्न थालेको हो ।सर्वसाधारण समूहतर्फ २२५ रुपैयाँ कट अफ मूल्य कायम भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्रति कित्ता २२५.१० का दरले बोलपत्र पेश गरेकालाई माग बमोजिम र २२५ का दरले बोलपत्र पेश गरेकाको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको छ ।क्यापिटलले शेयर नपरेको पैसा  आइतबारदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्था (NCHL को IPS मा आबद्ध बैंक/वित्तीय संस्था) को खातामा खाता नम्बर हुबह मिलेको हदसम्म रकम रकमान्तर गरिएको जनाएको छ । साथै बोलपत्र फाराममा बैंक खाता उल्लेख नगरेका, Good For Payment चेकको हकमा Payee को नाम नेपालीमा ग्लोबल आइएमई क्यापीटल लि.' वा अंग्रेजीमा 'Global IME Capital Ltd.' लेख्नुपर्नेमा अन्यथा उल्लेख भएका र बैंक खाता रुजु नभएका बोलपत्रवालाहरुको सूची बिक्री प्रवन्धकको वेबसाईटमा राखिएको हुँदा उक्त सूची हेर्न क्यापिटलले अनुरोध गरेको छ । उनीहरुलाई क्यापिटलको ईमल info@gicl.com.np मार्फत तथा बिक्री प्रबन्धकको कार्यालय, नक्साल, काठमाण्डौंमा स्वयं उपस्थित भई बैंक खाता अद्यावधिक गर्न क्यापिटलले अनुरोध गरेको छ । कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको हो ।  कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भएको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो। सर्बसाधारण तर्फ ४८ सय वटा आवेदन परेको थियो भने संस्थापतर्फ कुनै आवेदन परेको थिएँन।   एचआईडिसीएलले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको थियो। हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो। 

सम्बन्धित सामग्री

घलेम्दीको बोलकबोल सेयर नपाउनेलाई आइतबारदेखि पैसा फिर्ता हुने

३ फागुन, काठमाडौं । घलेम्दी हाइड्रोपावरको सेयर खरिदका लागि बोलकबोल प्रक्रियामा सहभागी भएका सर्वसाधारण लगानीकर्ताले आइतबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बोलकबोल प्रक्रियामा रकम बुझाएका तर सेयर पाउन नसकेकाहरुलाई आइतबारदेखि पैसा फिर्ता हुने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । घलेम्दी हाइड्रोको यसअघि निष्कासन भएको हकप्रद सेयरमा बिक्री नभएको ३२ लाख १७ हजार ७२४ […]

सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च

काठमाडौं, असार २३ । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको […]

सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता दिनुपर्ने बोर्डको निर्णयलाई घोराहीले लत्याउँदै पैसा फिर्ता नदिन झञ्झटिलो प्रावधान राखेको हो । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा […] The post सर्वसाधारणको पैसा फिर्ता नगर्ने घोराहीले चाल्यो प्रपञ्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा स्थानीय तहको पहलमा फिर्ता

सर्लाहीको चन्द्रनगरमा गाउँब्लक जग्गाको लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा फिर्ता भएको छ । चन्द्रनगर गाउँपालिका– ४ स्थित गाढाटोलका विपन्न मुसहर र दलित परिवारसँग घडेरीको लालपुर्जा दिने भन्दै असुल गरेको पैसा...

४ सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै

काठमाडौं, १६ फागुन। सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए। समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ११, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका आठ, प्रभु […]

पस र क्यूआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

राष्ट्रिय वाणिज्य बैकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ ।बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको हो ।यो योजना १० असोजदेखि १३ कात्तिकसम्म लागू हुने बैंकले जनाएको छ । […]

करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र […]

बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन

काठमाडौँ– चीनमा बैंकहरुले निक्षेपकर्ताहरुको पैसा फिर्ता नदिएसँगै व्यापक आक्रोश बढ्न थालेको छ । चीनको हेनान प्रान्तमा चारवटा स्थानीय ग्रामीण बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता दिन आलटाल गरेसँगै हजारौँ प्रदर्शनकारी प्रान्तीय राजधानी झेङजोउको सडकमा उत्रेका हुन् । ती बैंकहरुले गत अप्रिल महिनायता निक्षेपकर्ताको दशौँ लाख अमेरिकी डलर बराबरको रकम रोक्का गरेको जनाइएको छ । यसबाट हजारौ मानिसहरु […]

रविको कार्यक्रम 'द लिडर' फेरि विवादमा, भन्यो - ब्याजसहित पैसा फिर्ता गर्छौँ

सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम 'द लिडर' फेरि एकपटक विवादमा तानिएको छ । सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । कार्यक्रमले भनेको छ,  'रजिस्ट्रेसन श

सापटी दिएको पैसा फिर्ता नदिँदा पिक प्रहार गरी वृद्धको हत्या, युवक पक्राउ

वीरगञ्ज – सापटी दिएको पैसा फिर्ता माग्दा नदिएको रिसमा बारा कलैया उपमहानगरपालिकाका एक वृद्धको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कलैया उपमहानगरपालिका–९ का ७२ वर्षीय वृद्ध अहमद मिया चुडिहारको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानमा ३१ वर्षीय बजरंगी साह तुरहा छन्। वृद्ध चुडिहारको जेठ २७ गते आँप […]