पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण

नवलपरासी– सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।  नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले निर्माण गरेको […]

सम्बन्धित सामग्री

खजुरामा ५३ विद्यालय भवन निर्माण

राँझा । बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण विद्यालयका संरचना तयार भएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार बितेको पाँच वर्षमा खजुरा गाउँपालिकामा ५३ विद्यालय भवन बनेका छन् । गाउँपालिकाले सङ्घ र […]

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

एक सयमा पढाउने विद्यालय भवनको शिलान्यास

ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गरेका छन् । विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि वि

समता शिक्षा भवन निर्माण हुने

ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ।...

सबइन्जिनियरमाथि कार्यालयमै कालो मोसो र जुत्ताको माला

शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका सबइन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् । सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाउँदै सोमवार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो अन्दाजी १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा पुगेका १० जना युवाले नाराबाजीसहित आफूलाई ...

शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर यादवमाथि हातपात

सोलुखुम्बु – शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् । सब–इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाउँदै आज (सोमवार) दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो १ बजेतिर मास्क लगाएर नचिनिने गरी कार्यालयमा आएका १० जना युवाले नाराब...

कृषि प्राविधिक अध्ययनका लागि जापानको सहयोग

सन्तोष महतारागुल्मी-जापनले नेपालमा कृषि शिक्षाको अध्ययनका लागि सहयोग गरेको छ । प्राविधिक शिक्षाले बेरोजगारीको अन्त्य गर्ने भन्दै गुल्मीमा कृषि विषय अध्ययनका लागि जापान सरकारले विद्यालयको भवन निर्माण गरिदिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–२ देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा कृषि शिक्षा अध्ययनको लागि ४ कोठे विद्यालय भवन निर्माण गरिएको निर्माणमा समन्वय गरेको जापनी संस्था […]

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न वर्गका बालबालिकालाई शिक्षा दिइरहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा खकुरेलले […]

विद्यालय भवन निर्माण सम्पन्न

भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि विदेशी दाताले निर्माण गरिदिने भनेका दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै बनेका छैनन् । दोलखा जिल्लाका भूकम्पमा क्षति भएका ६४९ विद्यालय भवनमध्ये ६४१ वटाको निर्माण सम्पन्न भइसकेको छ भने आठवटा निर्माणाधीन छन् । यसमा विद्यालय व्यवस्थापन समिति, एडीबी, जापान, भारत, चीन तथा शिक्षा विकास तथा समन्वय एकाइ र गैरसरकारी संस्थाको निर्माण सहयोग रहेको छ ।