चन्द्रकोट क्याम्पस भवन हस्तान्तरण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा भारतीय दुतावासको सहयोगमा निर्माण भएको चन्द्रकोट क्याम्पसको भवन हस्तान्तरण गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले क्याम्पस भवन हस्तान्तरण गरेका हुन् । कमजोर आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौंलगायतका शहरमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले स्थानीयको पहललमा सन् २००८ मा चन्द्रकोट क्याम्पस स्थापना भएको हो ।

सम्बन्धित सामग्री

भवन हस्तान्तरण गर्ने समय गुज्रिँदा ठेकेदार बल्ल सम्पर्कमा आयो

फागुन : गुल्मीमा स्वास्थ्य चौकीको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय गुज्रिँदा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएका छन्।गुल्मीको चन्द्रकोट गाउँपालिका-५, ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधीन भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन थिए। सम्बन्धित कार्यालयले निर्माण व्यवसायीलाई सम्पर्कमा नआएको र सम्पर्कमा आउन भनी पटक-पटक सूचना प्रकाशन गर्दा बल्लतल्ल सम्पर्कमा आएको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले जनाएको छ।२०७५ साल चैत ५ गते कर्मा कन्स्ट्रक्सन प्रालि काठमाडौं र संघीय