वैशाख ९, काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रममा सहभागीहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहेको छ ।
न्यू बिजनेश एज प्रालिले शुक्रवार एभरेस्ट होटल बानेश्वर, काठमाडौंमा आयोजना गरेको उक्त कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड–उपभोक्ता, निजी व्यवसाय बैंकिङ (सीपीबीबी)का सीईओ जुडी सुले कोरोना भाइरसको महामारीले हामी सबैसामु अभूतपूर्व चुनौती सृजना गरेको बताइन् ।
उनले भनिन्- तर पुरुषको तुलनामा महिलाले भोगेको चुनौती धेरै थियो । महामारीका कारण थप महिलाहरुले जागिर गुमाएको वा गुमाउन सक्ने अध्ययनहरुले पनि देखाइरहेका छन् । आज यहाँ महिला नेतृत्वको विषयमा उत्सब मनाउन र उनीहरुले व्यवसायिक समुदायमा दिएको योगदानको सम्मानका लागि सबैजना उपस्थित भएको देख्दा मलाई निकै खुसी लागेको छ । नेपालको व्यापार र समृद्धिलाई अगाडि बढाउन महिलाहरुले मुख्य भूमिका खेलेका छन् । यसमा दुई मत छैन । नेपालमा करीब एक तिहाई व्यवसाय महिलाद्वारा सञ्चालित छ । विश्वभर सन् २०२१ मा व्यवस्थापनको उच्च तहमा महिलाको अनुपात ३१ प्रतिशत थियो । यो अहिलेसम्मकै उच्च हो । यो साँच्चै रामो कुरा हो । तर हामीले गर्न सक्ने धेरै कुरा छन् । स्ट्यान्डर्ड चार्टर्डमा हामी के विश्वास गर्छौ भने हामीहरुले ेव्यवसाय सञ्चालन गरिरहेको बजारमा सकारात्मक र दीर्घकालीन छाप छाड्नु पर्छ । नेपालमा पनि हाम्रो केही पहललाई अगाडि बढाउन पाउँदा म निकै खुसी छु । महिला उद्यमशिलतालाई टेवा दिन हाम्रो बैंकले महिला उद्यमशिलता कर्जा दिइरहेको छ । विगत २ वर्षमा हामीले बैैंकमा खुलेको खाता संख्यामा पनि तीव्र वृद्धि भएको हामीले देखेका छौं ।
महिलाहरुलाई रोजगार वा स्वरोजगार हुनका लागि आवश्यक सिप र ज्ञानयुक्त बनाउन हामीहरुले प्लान इन्टरनेशनलसँग मिलेर युवा महिलाको रोजगार क्षमतालाई प्रवद्र्धन गर्न एउटा परियोजना पनि शुरु गरेका छौं । महिलालाई आफ््नो घरपरिवार र समुदायमा आर्थिक रुपमा सबल र नेतृत्वदायी भूमिका निर्वाह गर्ने मनोबल र सिपयुक्त बनाउन पनि हामीले सन् २०२० देखि खेलकूददेखि विकाससम्म भन्ने कार्यक्रम चलाइरहेका छौं । वित्तीय शिक्षा र जीवनोपयोगि सिप तालिममा हजार किशोरी तथा युवतिहरुलाई आबद्ध गराउने हाम्रो लक्ष्य रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड कार्यस्थलमा लैंगिक समानता र वरिष्ठ तहका पद र भूमिकामा महिलालाई टेवा प्रवर्द्धनमा गर्नमा पनि प्रतिबद्ध रहेको छ । साँच्चै भन्ने हो भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सञ्चालक समितिको सदस्यमा ४० प्रतिशत महिला छन् । सञ्चालक समिति स्ट्यान्डर्ड चार्डडको भारत तथा दक्षिण एशियाली बजारकी सीईओ जरिन दारुवाला छिन् । नेपालमा लैंगिक समानताको प्रवद्र्धनमा हामीले जे गरिरहेका छौं त्यसप्रति म साँच्चै नै गर्व गर्छु । तपाईहरुसँग मिलेर हामी थप काम गर्नेछौं ।