जिल्ला कारागारमा मृत भेटिएका बाँकेको नेपालगन्ज–२ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे अधिकारकर्मीले अनुगमन गरेका छन् । अधिकारकर्मी, स्वतन्त्र कानुन व्यवसायी र सञ्चारकर्मीको टोलीले कारागार, प्रशासन, प्रहरी र घटनासँग सम्बन्धित पक्षसँग बिहीबार भेट गरेका हुन् ।