अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घुससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदालतमा मद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते रु पाँच हजारसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएक