०७८ मंसिर २४ गते नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनमा एउटा अद्भूत संयोग जुट्न पुग्यो जहाँ देशका वर्तमानसहित चार पूर्व-प्रधानमन्त्रीहरू एक मञ्चमा उपस्थिति थियो। पछिल्ला दिनमा त्यो घटनालाई दुर्लभ घटना मान्न सकिन्छ।किनभने गतवर्ष जब नेकपा भन्ने पार्टी अदालतबाट अलग भएर पूर्व-एमाले र माओवादी केन्द्र बन्यो। त्यसैक्रममा एमालेले १४ जना सांसदहरूलाई कारबाही गर्न र सांसद पद खारेज गरिदिन पत्र लेखेपछि माधव नेपाल समूहले एकीकृत समाजवादी नामक नयाँ पार्टी यहि भाद्र महिनामा गठन गरेपछि एउटै पार्टीमा र