सीमा सिल भएपछि सर्वसाधारणलाई सास्ती, उपचारका लागि भारत जानसमेत रोक

बाँकेः उपचारका लागि भारत गएर मंगलबार बिहान नेपालगंज फर्किंदै गरेकी नेपालगंज उपमहानगरपालिका– २, घरबारी टोलकी मन्नी हलवाई दिनभर रूपइडिहामा अलपत्र परिन्। रूपइडिहामा भेटिएकी उनी भारतको लखनऊबाट उपचार गराएर फर्किंदै थिइन्। उनले नाका बन्द हुने जानकारी नपाउँदा दुःख पाएको बताइन्।  ‘नेपाली नागरिकताको प्रम...

सम्बन्धित सामग्री

धन्वन्तरि जयन्तीको सन्देश

नेपाली घरआँगनमा दोस्रो ठूलो पर्व तिहार नजिकिइसकेको छ । तिहार भनेपछि ज्योतिको पर्व, देउसीभैलो, भाइटीका, म्हपूजा आदि भन्ने बुझ्ने गरिन्छ । प्रकृतिको पूजा तिहारको मूल पक्ष हो तर यही बेला मनाइने धन्वन्तरि जयन्तीको महत्त्वबारे भने कमैलाई ज्ञान छ । त्यसमा पनि नेपालका जडीबुटीको उपयोग र आयुर्वेदको उपचार पक्षले पर्याप्त चर्चा र सहयोग पाएको छैन जुन विडम्बना हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिएको छ र पछिल्लो समयमा यसलाई आरोग्य दिवससमेत भन्न थालिएको छ । वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाउँदै आइएको छ । तर, यसले नेपालको जडीबुटीको महत्त्वलाई उजागर गर्न र प्रयोगबाट आरोग्यताका साथै आर्थिक समृद्धिमा सहयोग लिन भने नेपाल असमर्थ रहँदै आएको छ । त्यस्तै जडीबुटीको प्रयोगबाट उपचार गरिने नेपालका अन्य उपचार पद्धतिको सरंक्षण र अनुसन्धान एवं विस्तारमा समेत राज्यको ध्यान नपुगेको देखिन्छ ।  देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृतको घडा लिएर ‘धन्वन्तरि’ प्रकट भएको मानिन्छ जसलाई आयुर्वेदका संस्थापक मानिन्छ । धन्वन्तरि अथर्ववेदको उपवेद आयुर्वेदका प्रवर्तक मानिन्छन् । आयुर्वेदअन्तर्गत शल्यक्रियाका विशेषज्ञ सुश्रुत मानिन्छन् । स्थानीय जडीबुटी र परम्परागत ज्ञानबाट नै धेरै प्रकारका रोगको उपचार गरिन्थ्यो । तर, एलोपेथिक उपचार पद्धतिको दबदबासँगै मौलिक उपचार पद्धतिहरू हराउन थालेका छन् जसबारेमा पर्याप्त अनुसन्धान गर्न आवश्यक छ । विश्वभर विभिन्न औषधोपचार पद्धति विद्यमान छन् । तिनका आआफ्नै सीमा र विशेषता रहेका छन् । आयुर्वेदिक उपचारको पनि आफ्नै खालको विशेषता पाइन्छ । तर, पछिल्लो चरणमा यसको बारेमा थप अध्ययन र विकासका काम नहुँदा ओझेलमा पर्दै गएको हो । सबै उपचारका आआफ्ना सीमा भएपनि एलोपेथिक डाक्टरहरूले आयुर्वेदलगायत स्थानीय उपचार विधिको विरोध नै गर्ने गरेकाले पनि ओझेलमा परेको हो । यद्यपि बिस्तारै आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण बढ्न थालेको पनि देखिन्छ । अमेरिकालगायत विकसित देशले आयुर्वेदलाई वैकल्पिक उपचार पद्धतिमात्रै मानेका छन् र मान्यता दिएका छैनन् । तर, चीन, भारत र नेपालमा भने यसले औपचारिक मान्यता प्राप्त गरेको छ । चीनमा जडीबुटीको प्रयोगलाई निकै मान्यता दिएको देखिन्छ भने यसको निर्यात पनि विश्वमै सबैभन्दा बढी हुने गरेको पाइन्छ । नेपालमा आम्ची वा बिजुवा आदिले पनि जडीबुटीकै माध्यमबाट उपचार गर्छन् जुन आयुर्वेदकै अंश मानिन्छ । तिनको संरक्षण पनि हुन सकेको छैन ।  आयुर्वेदिक उपचार पद्धतिको विकासका लागि जेजति गर्नुपर्ने हो त्यो काम भएको छैन । आयुर्वेदिक उपचारका लागि जडीबुटीको प्रयोग हुन्छ । नेपालमा दुर्लभ जडीबुटी छन् तर तिनको प्रयोग र संरक्षण तथा खेतीका बारेमा भने काम हुन सकेको छैन । आयुर्वेद र जडीबुटीको ज्ञान भएकाहरूको संख्या कम हुनु, ज्ञान भएकाहरूमा पनि लघुताभास हुनु तथा यसको विकासमा राज्य योजनाबद्ध रूपमा अघि नबढ्नुले नेपालको बहुमूल्य निधि नासिँदै छ ।  नेपालका जडीबुटीको महत्त्व निकै छ । विश्वमै दुर्लभ मानिएका जडीबुटीहरू हिमाली क्षेत्रमा पाइन्छन् । बिस्तारै तिनलाई चिन्ने र प्रयोग गर्न सक्ने जनशक्ति नै हराउँदै गइरहेको छ । त्यसैले यो अमूल्य उपचार पद्धतिलाई जोगाएर जडीबुटीको माध्यमबाट आर्थिक समृद्धिमा सहयोग पुर्‍याउन आवश्यक देखिन्छ । नेपालका जडीबुटीको निर्यात भइरहेको छ । तर, प्रशोधन गरी निर्यात गर्न सकिएको छैन, कच्चा पदार्थका रूपमा मात्रै निर्यात हुने गरेको छ । यसले गर्दा जति लाभ लिन सकिन्थ्यो त्यो अवसर गुमेको छ । नेपालमा आयुर्वेदिक औषधि निर्माणको ज्यादै लामो इतिहास छ । डाबर इन्डियाले विश्व बजारमा आयुर्वेदिक औषधि विक्री गरिरहँदा त्योभन्दा निकै पुरानो सिंहदरबार वैद्यखाना भने घिटघिटो गरी चलिरहेको छ । बजेट, दक्ष जनशक्ति र कच्चा पदार्थको अभावका कारण वैद्यखानाले आफ्नो गौरव कायम गर्न सकेन । राजा प्रताप मल्लको पालामा स्थापित यो वैद्य खानाले अहिले सामान्य औषधिमात्रै उत्पादन गर्दै आएको छ । आम्चीहरूले बनाउने औषधिका बारेमा पनि अध्ययन गर्न आवश्यक छ । यस्ता मौलिक उपचार पद्धतिलाई जीवन्त राख्न सकेको भए अहिले नेपाल आयुर्वेदिक उपचार र जडीबुटीको केन्द्र नै बन्न सक्थ्यो । अहिले पनि भारत र जर्मनीलगायत देशले नेपालका जडीबुटीमा आँखा लगाइरहेको बताइन्छ । त्यसैले नेपालमा भएका जडीबुटीको विकासका लागि नेपाल आफैले काम गर्नुपर्छ । यस्तो औषधि र जडीबुटीको पेटेन्ट लिन तथा त्यसको थप विकास गर्न नेपालले पर्याप्त लगानी गर्नु आवश्यक छ । यदि यसो भएन भने भोलिका दिनमा नेपाली जडीबुटीको व्यावसायिक प्रयोगमा समस्या आउन सक्छ । त्यसैले धन्वन्तरि जयन्तीको औपचारिक कार्यक्रममात्र होइन, आयुर्वेद उपचार र जडीबुटीको उपयोगमा विशेष नीति लिन आवश्यक देखिन्छ ।

नेपाल-भारत सीमा, ‘द्वन्द्वकाल’काे झल्को

नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँका रामनरेश कुर्मी १० साउन, ०८० को दिउँसो आमाको उपचारका लागि लखनऊ जाँदै थिए।  उनलाई लखनऊ पुग्न हतार थियो। उपचार गर्दै आएका चिकित्सकले दिएको समयमा आमालाई पुर्याउनु पर्ने थियो...

सीमा बन्द भएपछि मेची पुलमा सर्वसाधारणको भीड

झापा – आइतबार हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिएपछि शुक्रबार बिहान नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारणको भीड लागेको छ। औषधि उपचार गर्न हिँडेका तथा आँखाको उपचारका लागि नेपाल आएर भारततर्फ फर्कन लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत […]

अटो नचल्दा सीमामा आउजाउ सकस

कोरोनाकालमा बन्द गरिएको नेपाल–भारत सीमा क्षेत्रमा चल्ने अटो रिक्सा पुनः सञ्चालन नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । किनमेलदेखि उपचारका लागि एकअर्काको देशमा जाने सर्वसाधारणले अहिले सास्ती भोग्नुपरेको हो ।

सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो । तत्कालै प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि […]

बेहोस अवस्थामा सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनपुर : पुनर्वास नगरपालिका ११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ।नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरीकाे जिम्मा लगाएको थियो। तत्कालै प्रहरी चौकी परासनबाट खटिई गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएको थियो।उपचारका क्रममा आज बिहान आठ बजे युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

सीमा क्षेत्रबाट उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

कञ्चनुपर – पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ। नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो। तत्कालै प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक […]

तयारी जुटमा भारतले लगाएको एन्टी डम्पिङ ड्युटी खारेज हुनुपर्छ

मुलुकको प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका नाती पुस्ताका इमानदार र सफल उद्योगी मानिन्छन् राजकुमार गोल्छा । गोल्छा अर्गनाइजेशनमा उनले सञ्चालनको जिम्मा पाएका उद्योगहरू सफल र नाफा दिइरहनेमा पर्छन् । पछिल्लो समय जुटको अभाव हुँदा पनि उनले भारत र बंगलादेशबाट  ल्याएर अरिहन्त र रघुपति जुट मिल सञ्चालन गरिरहेका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष समेत रहेका गोल्छासँग आर्थिक अभियानका वेदराज पौडेलले समसामयिक विषयमा गरेको कुराकानीको सार : राष्ट्र बैंकले चालू पूँजीको कर्जा सीमा २० प्रतिशत तोक्न कार्यविधि बनाएको छ । यसले औद्योगिक क्षेत्रमा कस्तो असर पर्ला ? चालू पूँजीको कर्जा सीमा २० प्रतिशत तोक्ने गरी राष्ट्र बैंकले कार्यविधि बनायो भने उद्योग कलकारखाना चल्न सक्ने अवस्था हुँदैन । बजारबाट उठ्ने रकम उठिरहेको छैन । बजारको माग पनि कम छ, जसको कारण २० प्रतिशत तोक्दा उद्योग नै बन्द हुने स्थिति आउँछ । उद्योगमा रकमको रोटेशन ४ देखि ६ महिनामा हुन्छ, त्यसमा पनि ६० प्रतिशत मात्रै छ । राष्ट्र बैंकले सामान्य अवस्थामा यो कार्यविधि ल्याउँदा लामो समयका लागि राम्रो हुन्छ । तर अहिले भने लागू गर्न हुँदैन । उद्योगीहरू पनि तयार भइसकेपछि दुई या तीन वर्षपछि यो कर्जा सीमा तोक्दा राम्रो हुन्छ ।   बजारमा तरलताको अभाव छ । यो समस्याको कसरी समाधान होला ? कोभिडको कारण औद्योगिक तथा पर्यटन क्षेत्रलाई बचाउन कर्जा प्रवाहमा सहजता गरेकाले धेरै कर्जा प्रवाह भयो । सोही कारण अहिले बजारमा तरलताको अभाव भएको हो । सरकारले विकास खर्च पनि राम्रोसँग खर्च गर्न सकेन, जसकारण बजारमा लगानी गर्न योग्य रकमको अभाव भएको हो । माघ महिनाको अन्त्यसम्ममा बजारमा तरलता अभाव नहुने सरकारले बताउँदै आएको छ । त्यो बेलासम्ममा केही सकारात्मक परिणाम आउला । उद्योगीहरू बैंकर र शेयर बजारका ठूला कारोबारी पनि भएकाले पैसा एकातिर अड्कियो र बजारमा तरलता अभाव भयो भनिन्छ नि ? उद्योग र बैंक अलग क्षेत्र हुन् । उद्योगी नै बैंकर हुनेबित्तिकै उसले उद्योगमा विनाशर्त लगानी गर्न सक्दैन । अथवा शेयर बजारमा ठूलो हिस्सा रोकेर बस्न सक्दैन । यसमा मुख्यतः राष्ट्र बैंकले कोभिड प्रभावित उद्योग र पर्यटन क्षेत्रमा बैंकहरूलाई कर्जा प्रवाहमा केही खुकुलो प्रावधान राखेकाले बढी लगानी हुँदा अहिले तरलता अभाव भएको हो भन्ने मलाई लाग्छ । ३० को दशकमा नेपालबाट कच्चा जुट नै यूरोप जान्थ्यो । तर अहिले नेपालका जुट उद्योगहरूले भारत र बंगलादेशको कच्चा जुटमा निर्भर हुनुपर्ने अवस्था कसरी आयो ? ३० को दशकमा नेपालमा जुट विकास संस्था थियो । सरकारले अनुदान दिएको थियो । किसानबाट जुट सरकारले आफै पनि किनिदिन्थ्यो । तर सरकारले जुट विकास संस्था खारेज गरी किसानलाई दिने अनुदान बन्द गरिदियो, जसकारण जुटमा परनिर्भरता बढ्यो । यहाँका किसानले जुट खेती लगाउनै छाडे । जुट अभावमा कतिपय जुट मिल पनि बन्द भए । सरकारले पुनः जुट विकासका लागि एउटा बोर्ड बनाउने र किसानलाई मल, बीउ, पोखरी खन्न र अन्य प्राविधिक पक्षमा अनुदान सहयोग गर्ने हो भने नेपाल जुटमा पुनः आत्मनिर्भर बन्छ । जुटमा जति राम्रो कमाइ अन्य खेतीमा छैन । खाद्यान्न प्याकेजिङ जुटको बोरा/झोलामै गर्न अनिवार्य भएमा जुट उद्योग सञ्चालनमा सहज हुन्थ्यो कि ? ११ ओटा जुट उद्योगमध्ये अहिले पाँचओटा मात्र सञ्चालनमा छन् । तर हामी अहिले पनि भारतीय बजारमा निर्भर छौं । तर नेपाल सरकारले खाद्यान्न प्याकेजिङमा जुटको झोला अनिवार्य गरिदियो भने नेपालका उद्योगहरू राम्रोसँग सञ्चालन हुन्छन् । नेपालमै बजार पाएपछि भारतीय बजारमा त्यहीँको उत्पादनसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने थिएन । विभिन्न झन्झट बेहोर्नुपर्ने थिएन । जुट उद्योगहरूले क्षमता वृद्धि गर्थे, जसले रोजगारी समेत बढाउँथ्यो । शुरूमा जुटको बोरा/झोला महँगो परे पनि लामो समय प्रयोग गर्न सकिन्छ । प्लास्टिकको बोरा या झोला एकपटक प्रयोग गरेपछि फाट्छ । तर जुटका सामग्री धेरैपटक प्रयोग गर्न सकिन्छ । प्रयोग र टिकाउका हिसाबले जुटको बोरा या झोला नै सस्तो पर्छ । अनि यो वातावरणमैत्री पनि छ । भारत सरकारले नेपाली जुटको तयारी वस्तुमा ४ प्रतिशत एन्टिडम्पिङ लगाएर समस्या भएको थियो । अहिले त्यो अवस्था कस्तो छ ? भारत सरकारले प्रत्येक पाँच वर्षमा ड्युटीमाथि पुनरवलोकन गर्दै आएको छ । नेपाली जुटका उत्पादनलाई उसले एन्टी डम्पिङ ड्युटी (एडीडी) लगाएको पाँच वर्ष पूरा भएको छ । भारतीय पक्षले पुनरवलोकन गरेर ड्युटीमा संशोधन र परिमार्जन गर्नुअगाडि नै नेपाल सरकारले वार्ता गरेर महसुल नै खारेज गराउनुपर्छ । आशा छ, नेपाल सरकारले हाम्रा लागि भारत सरकारसँग एन्टी डम्पिङ ड्युटी खारेजीको पहल गर्नेछ । पाँच वर्षअघि भारत सरकारसमक्ष नेपाल जुट उद्योग संघले एडीडी हटाउन पटक पटक माग गरेपछि भारत सरकारका कर विज्ञको टोली आएर मोरङ र सुनसरीमा रहेका जुट उद्योगहरूको स्थलगत भ्रमण गरी २ देखि ४ प्रतिशतसम्म फरक फरक उत्पादनमा फरक फरक दरले एडीडी लगाउने निर्णय गरेको थियो । कोभिडका कारण थला परेको उद्योग व्यवसायको उत्थानका लागि सरकारले ल्याएको नीतिले कत्तिको सहयोग गर्‍यो ? कोभिडले उद्योगमा मात्र होइन, सबै क्षेत्रमा समस्या छ । केहीमा कम छ केहीमा बढी समस्या छ । सरकारले पछिल्लो समय उद्योग र पर्यटन क्षेत्रका लागि लिएको नीतिले यो क्षेत्रलाई बचाउने काम गरेको छ । कम्तीमा बैंकको ऋण तिर्न केही सहज भएको छ । तर पनि जसरी चलायमान हुनुपथ्र्यो, त्यो चाहिँ हुन सकेन । कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टको कारण सबैतिर त्रास छ । कोभिडको तेस्रो लहरबाट उद्योग क्षेत्रमा बचाउन कस्तो कदम चाल्नुपर्छ होला ? ‘ओमिक्रोन’ कोरोनाका अन्य भेरियन्ट जस्तो कडा नभएको भन्ने तथ्यहरू पनि आएका छन् । त्यसैले लकडाउन नै गर्नुपर्छ भन्ने छैन । खोप, होल्डिङ सेन्टर, अस्पतालहरूमा भरपर्दो सेवाको सुनिश्चितता गरेर सतर्कता अपनाउने हो भने यसबाट पनि बच्न सकिन्छ । सरकार यसको संक्रमण फैलन नदिन र उपचारका लागि पूर्णरूपमा तयार भएर बस्नुपर्छ । ठूलो समस्या आउन नदिन पूर्वतयारी नै महत्त्वपूर्ण हुन्छ ।

लकडाउनका कारण नेपाल-भारत सीमावर्ती क्षेत्रमा यसकारण छ 'बढी प्रभाव'

नेपाल-भारत बीचको खुला सीमा बन्द हुँदा तीर्थयात्रा र उपचारका लागि भारत गएका नेपालीहरू उतै अड्किएका छन् भने मामाघर आएका केटाकेटी यतै फसेका छन्।

डुंगा बन्द हुँदा सास्ती

वर्षाले बढेको महाकाली डुंगाबाट पार गर्न जोखिम भएपछि सीमा क्षेत्रका बासिन्दा मर्कामा छन् । नजिकै नेपाली बजार नहुँदा उपभोग्य सामग्री खरिद र उपचारका लागि महाकाली तरेर भारत पुग्नुपर्ने बाध्यता छ उनीहरूलाई ।