नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण नगरेर नगरेर मनोमानी गर्न थालेको हो । प्रत्येक १५–१५ दिनमा आईओसीले निगमलाई अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नयाँ मूल्यसूची पठाउने गर्छ । जसअनुसार, पछिल्लो ५ पटक प्राप्त मूल्य सूचीअनुसार निगमले घटेर आउँदा घटाउन आनाकानी गर्दै आएको हो । निगम