नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल विदेशी लगानीकर्ताको लगानी सूचीमै नपर्ने गरेको बताएका छन् । उनले नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘मेक इन नेपाल’ समिटमा बोल्दै विविध कारणले लगानी सूचीमै नपर्ने बताएका हुन् ।गभर्नर अधिकारीले नेपालको लगानी वातावरण, अस्थिर कर प्रणाली र अस्थिर नीतिले गर्दा लगानीको सूचीमा नपरेको बताए । ‘लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्नु पूर्व विशेष सेवा खोजेको हुन्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष वैदेशिक लगानीमा लगानी