आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।सेयर बजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास