एजेन्सी । साउदी अरबमा महिलासँग जोडिएका कानूनहरु खुकुलो हुँदै गएका छन् । इस्लामिक मुलुक भनेर चिनिने साउदी अरबमा महिलाका लागि यसअघि देखिनै निकै कडा कानूनको पालना गर्नुपर्ने नियम छ । उक्त मुलुकमा भर्खरै एउटा महत्वपूर्ण कानून खुकुलो बनाइएको छ । त्यो के भने महिलाहरुले अब आफ्नो नाम परिवर्तन गर्ने अधिकार आफैंमा निहित हुने भएको छ ।महिलाहरुले आफ्ना आमाबुबाको स्वीकृति बिनै नाम परिवर्तन गर्न पाउने भएका छन् । यसअघि महिलाको नाम परिवर्तन गर्न परिवारको अनुमति अनिवार्य थियो । आइतबार साउदी अरबको गृहमन्त्राल