पोखरा । फेवातालको मापदण्ड सर्वोच्च अदालतको निर्देशनात्मक आदेश विपरित ६५ मिटरबाट ३० मिटरमा झार्ने पोखरा महानगर कार्यपालिकाको अन्तिम बैठकको निर्णय प्रमाणीकरण भएको छ । गएको चैत १६ गते बसेको मेयर मानबहादुर जिसी नेतृत्वको अन्तिम कार्यपालिका बैठकले चुनाव आउन डेढ महिना बाँकी रहँदा फेवातालको मापदण्ड आधाभन्दा धेरै घटाउने निर्णय गरेको हो...