राजमार्ग मर्मतको माग गर्दै स्थानीयवासी आन्दोलनमा

लहान, २९ भदौ: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी सडक मर्मतको मागसहित आन्दोलनमा उत्रेका हुन् । आन्दोलन अन्तर्गत स्थानीयवासीले आइतबार र सोमबार केही बेर पूर्व–पश्चिम राजमार्गको […]

सम्बन्धित सामग्री

गोरखाको रुइला नाकामा पासको व्यवस्था गर्न माग

२६ भदौ, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयवासी तथा राजनीतिक दलका नेताले रुइला नाका हुँदै चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् । गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा नै भेटेर तत्काल रुइला नाका हुँदै चीन प्रवेशका लागि स्थानीयवासीलाई बोर्डर पासको व्यवस्था मिलाउन […]

सडक निर्माणमा दबाब दिन स्थानीयवासी आन्दोलित

विराटनगर । काम नसकी बीचमै अलपत्र छाडिएको हुलाकी सडक निर्माण तत्काल शुरू गर्न माग गर्दै मोरङ कटहरीका स्थानीयवासी आन्दोलित भएका छन् । काम थालेको वर्षौं बित्दासमेत हुलाकी सडक निर्माण पूरा नभएपछि स्थानीयवासीले आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन थालेका छन् । शुक्रवार स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र दिँदै आन्दोलनबारे जानकारी दिएका थिए । हुलाकी सडक अन्तर्गत मोरङमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । नागरिक संघर्ष समितिको अगुवाइमा स्थानीय राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि र स्थानीयवासी धर्नामा बसेका हुन् । आफ्ना माग पूरा नभएसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म धर्नामा बस्ने उनीहरूले बताएका छन् । धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र कटहरी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् । हुलाकी सडक समयमै निर्माण नहुँदा मोरङका रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिकाका साथै धनपालथान र कटहरी गाउँपालिकाका सर्वसाधारणले सास्ती खेप्दै आएको आन्दोलनका अगुवा मृत्युञ्जयकुमार झाले बताए । उनले भने, ‘हिउँदमा सडकको धूलो र बर्खामा हिलोका कारण यस क्षेत्रका बासिन्दा निकै पीडित छन् ।’ राष्ट्रिय गौरवको आयोजनामा पर्ने हुलाकी राजमार्गको काम शुरू भएको ४ वर्ष भइसक्दा पनि पूरा हुने संकेत छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति करीब आधा मात्र भएको बताइएको छ । रू. ३ अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र भएको बताइएको छ । २०७६ सालमा ३ वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म १६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।

भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव

चितवन– मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले संकलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौँतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र […]

पाँचथरवासीले राखे उम्मेदवारसँग यस्ता माग

पाँचथर, कात्तिक २८ । जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् । सदरमकाम नजिकैको […]

यस्ता छन् पाँचथरवासीका उम्मेदवारसँग माग

पाँचथर : जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका-१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन्। ढोडेनीबाट फिदिम-नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो। यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन्। सदरमकाम नजिकैको…

यस्ता छन् उम्मेदवारसँग पाँचथरवासीका माग

जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।सदरमकाम नजिकैको फिदिम नगरपालिका–२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्

झोलुङ्गे पुलको निर्माणले स्थानीयवासी खुसी

काठमाडौँ,१७ असार । यहाँको मरिण गाउँपालिका–३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् । तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका […]

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् ।आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोल

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणाधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् । आयोजनाले स्थानीयलाई रोजगारी दिने, स्थानीयबाट निर्माण सामग्री आपूर्ति गर्ने, सामाजिक उत्थानका कामहरू गर्ने लगायतका विभिन्न विषयमा स्थानीय प्रभावितसँग लिखित र मौखिक सहमती गरेको थियो । आयोजनाले प्रतिबद्धता गरेका विषयहरू पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने बाह्रबिसे नगरपालिका...

सडक कालोपत्र गर्न माग गर्दै मध्यपुरथिमीबासी आन्दोलित

भक्तपुर। मध्यपुरथिमी नगरपालिका कार्यालय अगाडिको सडकमा खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। उनीहरुले आज नगरपालिका कार्यालय घेराउ समेत गरेका छन्।मध्यपुरथिमी नगरपालिका–६ स्थित नगरपालिका कार्यालय अगाडि दुई वर्षदेखि सडक चौडा गरेर ग्राबेल बिछ्याए पनि कालोपत्रे नगरेका कारण खाल्डो र हिलाम्मे भएको छ। त्यसैले सडक कालोपत्र गर्न माग गर्दै नगरपालिकामा घेराउ र नाराबाजी गरेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताए।