मलेसियाको रोजगारी सुचारु गर्न जेनेभामा छलफल

एक वर्षदेखि रोकिएको मलेसियाको रोजगारी सुचारु गर्ने सम्बन्धमा नेपाल र मलेसिया बिच स्वीट्जरल्याण्डको जेनेभामा छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा जेनेभा गएका दुवै सरकारमा प्रतिनिधिबीच मलेसियाको रोजगारी खुलाउनेबारे छलफल भएको हो । मलेसियाका श्रम तथा मानव संशाधनमन्त्री एम. कुलासेगरन र श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयका सचिव महेश दाहालबीच रोजगारी सुचारु गर्ने विषयमा छलफल भएको हो ।

सम्बन्धित सामग्री

दुई वर्षपछि मलेसियाको रोजगारी सुचारु

काठमाडौं । सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक […]

मलेसिया रोजगारी खुलाउन छलफल

मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा भदौअन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने भएको छ । यसमा लागि भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने भएको छ । कात्तिकमा भएको २ देशको श्रम समझदारीअनुसार गठन भएको मलेसिया र नेपालकोसंयुक्त प्राविधिक टोलीका सदस्यहरूबीच समस्या रहेका बिषयमा छलफल हुने छ ।

मलेसियामा रोजगारी खुल्दै, कामदारले खर्च बेहोर्नु नपर्ने

काठमाडौं : बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार काठमाडौं आउँदैछन्।  नेपालीका लागि छ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुरु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ। यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएको समाचार नागरिक दैनिक...