अन्तर्राष्ट्रिय यात्रु चार्टड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्कामा परेका यात्रुको गुनासो संकलन थालिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएको चार्टर्ड उडानमा सरकारले तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको हो ।
मन्त्रालयले बढी भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई मन्त्रालयको इमेलमा पठाउन आग्रह गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।