संकटमा बढी भाडा असुल्ने ३ जना राजधानीबाट पक्राउ

यात्रुसँग बढी भाडा लिने तीन जनालाई प्रहरीले बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै  बढी भाडा असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारी रहेका छन् । काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशा

सम्बन्धित सामग्री

गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्ट