टाइफाइड रोगको उच्च जोखिममा रहेको बाँके जिल्लामा तीन दिनमा ६३ प्रतिशत बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका एकलाख ४८ हजार ९३३ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा तीन दिनमा ९४ हजार ८३६ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।