कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोसाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि नेपाली तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । …