औं संस्करणको पोखरा महोत्सव अन्तिम समयमा आएर स्थगित भएको छ । आयोजक संस्था युनाइटेड क्लव पोखराले विज्ञप्ति जारी गर्दै महोत्सव स्थगित भएको जानकारी गराएको हो ।
पोखरा । युनाइटेड क्लब आयोजनामा बिहीबारदेखि १२ औं पोखरा महोत्सव सुरु भएको छ । अमरसिंह चौरमा आयोजित समारोहमा महोत्सवको प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले उद्घाटन गरे । उनले पोखरा अन्तरौष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताए । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भए तापनि सञ्चालनको एक वर्ष पुगि सक्दासमेत अन्तर्राष्ट्रिय उडान हुन […]
The post पोखरा महोत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,२६ पुष । एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिँह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नेछन् । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताए । खेल, कला, संस्कृति र व्यापार प्रवद्र्धनको उद्देश्यले महोत्सव राखिएको उनको भनाइ छ । महोत्सव आगामी माघ […]
पोखरा महोत्सवको ११ संस्करण अमरसिंह चोकमा पुस २७ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब आयोजनामा हुने पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिका बेटर हो एप्लायन्स हो । सह प्रायोजक रारा तयारी चाउचाउ गरेको छ । पर्यटन प्रवर्द्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक सुनारले बताए । उनका अनुसार महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गरेको बताए । १३
युनाइटेड क्लब पोखराको आयोजनामा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने ११औँ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ । नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरूपमा पालना गर्दै ११औँ संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइन्जेलका लागि स्थगित गरिएको …
पुस ५, कास्की । पोखराको अमरसिंह चोकमा आगामी पुस २८ गतेदेखि ११ औं ‘पोखरा महोत्सव’ हुने भएको छ ।
युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सवको आयोजना गरेको सोमवार आयोजित पत्रकार सम्मेलनमा क्वलका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले ११औं संस्करणको पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढाइएको बताउँदै १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको बताए । महोत्सवले पोखराको पर्यटन र समग्र अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । उनले महोत्सवमा व्यवसाय गर्न चाहनेका लागि सम्पूर्ण स्टलहरु बुकिङ खुला भइसकेको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव तयारीका लागि गठन गरिएको ४१ ओटा उपसमितिहरुले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाएका छन् ।
स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढ्दै आएको युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
महोत्सवमा २४७ ओटा स्टल रहने र २ लाख बढि दर्शले अवलोकन गर्नसक्ने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
क्वलले महोत्सवबाट उठेको रकमको खर्च कटाएर बचेको रकमबाट पोखरा महानगर पचभैयामा पशुपंक्षी उद्धार केन्द्रको खुला चिडियाखाना भौतिक पूर्वाधार निर्माण निर्माण गर्दै आएको छ ।
महोत्सवमा अपांग वृद्धवृद्धा, एकल महिला, सुरक्षाकर्मीहरुलाई निःशुल्क प्रवेश गराईने आयोजकले जानकारी दिएको छ । पर्यटन प्रवर्द्धन, प्रयटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु राख्नेलाइ विशेष छूट प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उपेक्षा गरिएको छ ।
त्यसैगरी महोत्सवको माध्यामबाट कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजको दाबी छ ।