पुस ५, कास्की । पोखराको अमरसिंह चोकमा आगामी पुस २८ गतेदेखि ११ औं ‘पोखरा महोत्सव’ हुने भएको छ ।
युनाइटेड क्लव पोखराको आयोजनामा पुस २८ गतेदेखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा महोत्सवको आयोजना गरेको सोमवार आयोजित पत्रकार सम्मेलनमा क्वलका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले ११औं संस्करणको पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढाइएको बताउँदै १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको बताए । महोत्सवले पोखराको पर्यटन र समग्र अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । उनले महोत्सवमा व्यवसाय गर्न चाहनेका लागि सम्पूर्ण स्टलहरु बुकिङ खुला भइसकेको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव तयारीका लागि गठन गरिएको ४१ ओटा उपसमितिहरुले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाएका छन् ।
स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढ्दै आएको युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
महोत्सवमा २४७ ओटा स्टल रहने र २ लाख बढि दर्शले अवलोकन गर्नसक्ने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
क्वलले महोत्सवबाट उठेको रकमको खर्च कटाएर बचेको रकमबाट पोखरा महानगर पचभैयामा पशुपंक्षी उद्धार केन्द्रको खुला चिडियाखाना भौतिक पूर्वाधार निर्माण निर्माण गर्दै आएको छ ।
महोत्सवमा अपांग वृद्धवृद्धा, एकल महिला, सुरक्षाकर्मीहरुलाई निःशुल्क प्रवेश गराईने आयोजकले जानकारी दिएको छ । पर्यटन प्रवर्द्धन, प्रयटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु राख्नेलाइ विशेष छूट प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा वाध्य उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उपेक्षा गरिएको छ ।
त्यसैगरी महोत्सवको माध्यामबाट कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजको दाबी छ ।