काठमाण्डाै - निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि चुनावी चहलपहल बढेको छ । आउँदो २८ र २९ गते हुने महासङ्घको साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष र केन्द्रीय सदस्यहरु चयन गर्नेछ ।
महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष को बन्ने भन्ने प्रतिस्पर्धा रहेको छ । महासङ्घको ५७औँ साधारण सभाबाट चयन हुने नयाँ नेतृत्व दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वरिष्ठ उप...