वैदेशिक रोजगारीका लागि नेपालीहरू विशेष गरी गल्फ देशहरूमा बढी जान्छन् । भिसा प्रक्रियाको सहजता, सहजै डिमाण्ड आउने, कुनै सीप नभएपनि जान पाउने जस्ता सुविधा भएपछि धेरै नेपालीको रोजाई खाडी मुलुक थियो । ६ वटा गल्फ कोअप्रेशन काउन्सिल (जीसीसी) देशहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र यूएई र मलेसियामा धेरै नेपाली कामदार जाने गरेका छन् । केही वर्षअघिसम्म ८० प्रतिशत भन्दा बढी नेपाली यिनै देशहरूमा जाने गरेका थिए । तर, अहिले भने नयाँ नयाँ श्रम गन्तव्य मुलुक खोज्न थालेको देखिन्छ । नेपालबाट