आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिनाऔषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ। यसमा मेसिनरी प्रयोगसँगै स्वअभ्यास तथा अर्को व्यक्तिबाट म्यानुअल्ली अभ्यास गराएरै पनि बिरामीलाई निको पार्ने प्रयत्न गरिन्छ। मलाई लाग्छ, अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुदेखि वृद्धवृद्धा तथा विभिन्न […]