विभिन्न रोग निको हुने अनुभवका आधारमा बिरामीको बढी भीड हुने बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डमा प्राकृतिक चिकित्सालय निर्माण अन्तिम चरणमा पुगेको छ । निषेधाज्ञाको कारण होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापीका सामग्री ढुवानी रोकिएकाले पूर्ण सेटअप हुन नसकेको हो ।