काठमाण्डौ – कोरोनाको खोप नलगाई साउदी जाने नेपाली श्रमिकले अब होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ ।
साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप नलगाई आएका नेपाली श्रमिकको होटल क्वरेण्टीन खर्च तिरिदिने व्यवस्था भएको दूतावासले जनाएको छ ।
साउदीबाट बिदामा आएका र साउदी फर्कन लागेका श्रमिकले संस्थागत क्वरेण्टीन खर्चको बारेमा साउदी जानु पूर्व नै रोजगारदाता कम्पनीसँग कुरा गर्न दूतावासले भनेको छ । बिदामा आएका श्रमिकको मात्र होइन नयाँ जाने श्रमिकको समेत क्वरेण्टीन खर्च रोजगारदाताले नै व्यहो...