रोजगारी सृजना गर्न विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गर्दै बन्दिपुर गाउँपालिका

काठमाण्डौ – तनहुँको बन्दिपुर गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । वैदेशिक रोजगारी रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्नका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।  वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई नजिकको वडा कार्यालय वा रोजगार सेवा केन्द्रमा गएर आफ्नो विवरण टिपाउन पनि पालिकाले अनुरोध गरेको छ ।  यसका साथै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले फोनबाट समेत आफ्नो अ...

सम्बन्धित सामग्री

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

सामुदायिक विद्यालयको स्तर वृद्धि गरेर नीजि सरह बनाउँछु : कांग्रेस नेता बानियाँ

बन्दिपुर, २४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बन्दिपुरका भुपेन्द्र बानियाँ ‘राजु’ चुनावी मैदानमा उत्रिएका छन् । युवा नेता बानियाँलाई नेपाली कांग्रेसले बन्दिपुर गाउँपालिका–२ को वडाध्यक्षमा उम्मेदवार बनाएको छ । बन्दिपुरको पर्यटन विकासमा विशेष योगदान पर्याएका बानियाँ विभिन्न सामाजीक संघसंस्थामा आबद्ध छन् । उनी हाल नेपाली कांग्रेसको क्षेत्र न १ […]

बन्दिपुरमा कांग्रेसबाट धुव्रलाल प्रधानको अध्यक्षमा उम्मेदवारी

बन्दिपुर, १६ बैशाख । बन्दिरपुरमा लोकप्रिय नेता तथा समाजसेवी धुव्रलाल प्रधानले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट बन्दिपुर गाउँपालिका अध्यक्षमा प्रधानले उम्मेदवारी दिएका हुन्। बन्दिरपुरबासीले अत्यन्तै रुचाएका र सबैको प्रिय प्रधानले नगरबासी सबैको माग र चाहानाअनुसार अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनी लामो सयमदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । […]

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दिपुर !

तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । ‘चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शोकमा डुबेको छ’, उहाँले भन्नुभय...

तनहुँमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

तनहुँमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ बन्दिपुर गाउँपालिका, ६ हटियामा भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

चट्टान आरोहण

दमौली, १० पुस: तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्दै आरोही । यस ठाउँको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस १२ गतेसम्म चट्टान आरोहण प्रतियोगिता सञ्चालन भईरहेको छ ।- तस्वीर : कृष्ण न्यौपाने, रासस

विद्यालयमै बेहोस छात्रको मृत्यु

विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ। तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो।...

दूध खाँदै बँगुरका पाठापाठी

बन्दिपुर गाउँपालिका–५ गोहोरे चौतारा निवासी सञ्चारकर्मी शर्मिला बिकले व्यावसायिक रुपमा पालेको बँगुरका पाठापाठी दूध खाँदै । हाल उनको खोरमा चौविस वटा पाठापाठी छन् । प्रति पाठापाठी रु छ हजार पाँच सयमा बिक्री हुन्छ। तस्वीर, रासस

ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ। अविरल वर्षापछि ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको हो। शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कन, बन्दिपुर गाउँपालिका–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। बन्दिपुर–४ को पहिरोमा १ जना बेपत्ता भएका छन् भने ५ जनाकाे उद्दार गरिएको छ।