बन्दिपुर गाउँपालिका–५ गोहोरे चौतारा निवासी सञ्चारकर्मी शर्मिला बिकले व्यावसायिक रुपमा पालेको बँगुरका पाठापाठी दूध खाँदै । हाल उनको खोरमा चौविस वटा पाठापाठी छन् । प्रति पाठापाठी रु छ हजार पाँच सयमा बिक्री हुन्छ। तस्वीर, रासस
तनहुँ- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथमिकता दिएको छ ।
बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्क...
तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ ।
तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिए ।
विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ ।
कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरूप विभिन्न जिल्लामा बोरका बोका विक्री गर्ने गरिएको छ ।
दूध र चीजका लागि सानन बाख्रा
त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करीब २२ जिल्लामा व्यावसायिकरूपमा पाल्न शुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए ।
बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उनले बताए । बाख्राको दूधबाट बनेको चिजबाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा विक्री गर्दै आएको छ ।
विगत पाँच वर्षअघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई शीप हस्तान्तरणसमेत गरेको थियो । पोखराको लेकसाइड र काठमाडौंका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भने, ‘याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।’
पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ ।
उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौंका सहरमा विक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिए । रासस
जुम्ला । जुम्लाको रिनीगाउँको सैन लेक, जहाँ रिनीगाउँका भेडीगोठालाको बास छ । खुला आकाशले चिसो बनेको जमिनमा बिहानको घामले न्यानो भर्दै छ । लस्करै जोडिएका एकतले भेडीगोठबाट धुँवा उडिरहेको छ । रातभर अलगअलग गोठमा बसेका पाठापाठी र भेडीको मिलन गराउँदै छन्, गोठाला । चरण क्षेत्रमा लैजानुअघि साना पाठापाठीलाई दूध खुवाउनुपर्छ । दिनभर साना पाठापाठी गोठमै […]
The post भेडी गोठालाको गाउँ रिनी पुग्दा… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पुस १०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन शुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेका हुन् ।
खड्का, उनका भाई प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा ‘ब्रोदर्स कृषि तथा पशुपंक्षी फार्म’ स्थापना गरी बोयर जातका बाख्रापालन गरेका हुन् ।
सामूहिक रुपमा बाख्रापालन थालेका भगवान सामाजिक कार्यहरुसँगै कृषि पेशामा संलग्न छन् भने प्रेम वैदेशिक रोजगारबाट फर्केका र थापा भारतीय सेनाबाट अवकास लिएर फर्केपछि पशुपालनमा लागेका हुन् ।
रू. ३० लाखमा उन्नत जातका माउ बोयर बाख्राहरु खरीद गरि शुरु गरिएको फार्ममा खोर, जग्गा घेराबार, स्याहार गर्नका लागि बसोबासका लागि बनाइएको आवास लगायतको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताए । उनका अनुसार बाख्रापालनकै लागि करीब १५ रोपनी जग्गालाई रू. ४५ लाख बढी लगानीमा खरीद गरिएको थियो ।
‘जग्गा, बाख्रा, खोर लगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भइसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुको लागि बोका उत्पादनको केन्द्र बनाउने गरी बाख्रापालनलाई अघि बढाएका छौँ’ खड्काले भने । दुई वर्ष अघिदेखि नै बाख्रापालनलाई लक्षित गरी १५ रोपनी जग्गामा घाँस खेती गरिएको थियो भने अहिले ४५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ ।
जाडो र गर्मी दुवै मौसमलाई अनुकुल हुने गरी खोरको पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताए । ‘जाडोमा न्यानो र गर्मीमा सितल हुने गरी खोरका पूर्वाधार बनाएका छौँ, युटुबमा विश्वभरका नमूना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुसरण गरि आफै खोरको पूर्वाधार बनाएका हौँ’ उनले भने । पाठापाठी सहित अहिले ८७ ओटा बाख्राहरु रहेको फार्ममा २०० को संख्यामा बाख्रा पालन गर्न सक्ने क्षमता बनाइएको छ ।
बाख्राको पाठापाठीलाई दूध खुवाउने प्रयोजनका लागि दुई ओटा भैँसी र एक गाई समेत पालन गरिएको छ । ५० ओटा माउ बाख्रा रहेको फार्ममा ३५ ओटाले पाठापाठी जन्माइसकेका छन् ।
बाख्रापालनलाई लक्षित गरि जैघाँस, खन्यु, काफल, सुपर नेपियर लगायतका घाँस खेती विस्तारलाई समेत प्राथमिकता दिईएको छ । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरि ७ जनाले दैनिक रुपमा रोजगार समेत पाएको फार्मका अर्का सञ्चालक राजेन्द्र थापाले जानकारी दिए ।
फार्मबाट यसवर्ष ३० ओटा बोयर क्रस गरी उत्पादन भएका उन्नत जातका पाठी विक्री गर्ने लक्ष्य राखिएको बताइएको छ ।