लुम्बिनी प्रदेशसभाको स्थापना भएको आज ४ वर्ष पुगेको छ । विगतमा गाडी खरिद प्रकरणदेखि धेरै प्रदेशको राजधानी तोक्दा कुर्ची तोडफोडसमेत गरेर चर्चामा आएको लुम्बिनी प्रदेशसभामा अहिले प्रतिपक्ष एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ भने सत्तापक्षको मत राखेको पार्टी जनमोर्चाको भूमिका दोहोरो देखिएको भन्दै प्रश्न उठेको छ ।जनमोर्चाकी सांसद तारा जि.सी.लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कूलप्रसाद केसीलाई समर्थन गर्दै मत राखे पनि अहिले प्रतिपक्षको सिटमा बस्ने गरेकी छन् । त्यसैलाई आधार मान्दै सभामुखले बैठक चलाउन