काठमाण्डाै – धर्नाका क्रममा काठमाण्डौको माइतीघर मण्डलबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरको नाममा कारण देखाऊ आदेश जारी गर्दै खानलाई २४ घण्टाभित्र स–शरीर उपस्थित गराउन आदेश दिएको हो । बाँकेका दुई महिलाको हत्यारालाई कारबाही र पीडितलाई न्यायको माग गर्दै बाँकेबाट २० दिन पैदल हिँडेर काठमाण्डौ आएका रुवीसहितका महिलाले माइतीघरमा धर्ना दिँदै आएका छन् । धर्नाका क्रममा अस्ति...