काठमाडौं (अस) । कामना सेवा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवार लागि एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ७ प्रतिशत ब्याजदरसहितको यस खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।
विदेशमा रहेका नेपालीले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्ना परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्नेछन् । अनलाइनबाट पनि खोल्न सकिने यस खातामा मुद्दती निक्षेपमा थप शून्य दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराइने बैंकले बताएको छ । हाल बैंकले १२९ शाखा, एउटा विस्तारित सेवा केन्द्र र ७६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।