टोकियो ओलम्पिकः फुटबलमा अर्जेन्टिनाको पहिलो जित

एजेन्सी। फकुन्डो मेडिनाको गोलमा अर्जेन्टिनाले आज टोकियो ओलम्पिक पुरूष फुटबलमा इजिप्टलाई १–० ले हराएको छ। अर्जेन्टिनाको जितमा मेडिनाले ५२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। पहिलो खेलमा अर्जेन्टिना अष्ट्रेलियासँग हारेको थियो। जितपछि अर्जेन्टिना तीन अंकका साथ समूह ‘सी’को दोस्रो स्थानमा छ। समान एक अंक जोडेको स्पेन र इजिप्ट क्रमशः तेस्रो र चौथो स्थानमा छ। अष्ट्रेलिया शीर्ष स्थानमा छ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः पुरुष फुटबलको अन्तिम चारमा ब्राजिल, जापान, मेक्सिको र स्पेन

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिलका लागि अब दुई जित लगातार दोस्रोपटक स्वर्ण जित्न सक्नेछ । इजिप्टलाई १–० ले पराजित गरेर ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो । ब्राजिलले मंगलबार […]

टोकियो ओलम्पिकः जर्मनीका संघर्षपूर्ण पहिलो जित

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा जर्मनीले साउदी अरेवियालाई ३–२ ले हरायो। जर्मनीका नादियम अमिरी, रेन्जर एच, फेलिक्स युडोओखाईले गोल गरे। साउदी अरेबियाको दुवै गोल सामी अल–नाजाईले गरे। जर्मनीका एमोस पिइपरले ६७औं मिनेटमा रातो कार्डको सामना गरे। जर्मनी समूह ‘डी’ को तेस्रो स्थानमा छ। समान चार अंक जोडेको ब्राजिल र आइभोरी कोष्ट क्रमशः पहिलो र दोस्रो स्थानमा छ।

टोकियो ओलम्पिकः दक्षिण कोरियाको फराकिलो जित

एजेन्सी। दक्षिण कोरियाले पुरुष फुटबलमा आज दश खेलाडीमा सीमित रोमानियालाई ४–० ले हराएको छ। दक्षिण कोरियाले मारियस मारिनको आत्मघाती गोलबाट २७औँ मिनेटमा अग्रता लिएको थियो। इओन घेओर्घीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि रोमानिया दश खेलाडीमा सीमित बन्यो। वन–साङ इओम ४९ तथा काङ–इन लीले ८४ र ९०औँ मिनेटमा गोल गरे। समूह ‘बी’ चारै टिमको समान तीन अंक छ।