तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ ।  विजयादशमीको भोलिपल्ट एकादशीका दिन दशैं सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी भगवतीलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ जात्रा मनाउने गरिन्छ ।  बडादशैंको नवमीको रात मीन अर्थात माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । तेह्रौं शताब्दीमा मल्ल...