प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बैतडी जिल्लाको प्रमुख शक्तिपीठमध्येको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो । मन्दिरका मुखिया चन्द्रसिंह थापाका अनुसार ८० राँगा र ८० बोका गरी एक सय ६० पशुको बलि दिइएको हो । यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने म

सम्बन्धित सामग्री

बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका-८ स्थित प्रशिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ। मंगलवार शुरु भएको जात्रा बुधवार पशुबलिसहित सम्पन्न भएको हो।हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्छ। यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए। जात्रामा ५६ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ। परम्पराअनुसार बलि दिने गरिएको छ।