काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध लगाइएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाउन आदेश जारी गरेको छ। शुक्रबार बसेको संवैधानिक इजलासले संसद सचिवालयलगायत निकायसँग महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। 'महाभियोगसँग सम्बन्धित कागजात संसद सचिवालयबाट झिकाउने आदेश भएको छ', पौडेलले थाहाखबरसँग भने, 'कागजात प्राप्त भएपछि मात्रै अर्को पेशी तोकिनेछ।’प्रधा