चितवनमा होम आइसोलेसनमा बस्ने बढे

चितवन– चितवनमा होम आइसोलेसनमा बस्नेको संख्यामा वृद्धि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँ सक्रिय संक्रमित ९४३ छन् । त्यसमध्ये ६२६ जना होम आइसोलेसनमा रहेका...

सम्बन्धित सामग्री

चितवनमा नब्बे प्रतिशत कोरोना संक्रमित घरको आइसोलेशनमा

चितवनमा कोरोना संक्रमितहरु ९० प्रतिशत घरमा नै बस्ने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आइतबार सार्वजनिक गरेको विवरणमा कोरोना संक्रमितको रोजाइ नै घरको आइसोलेशन भएको पाइएको हो । कोरोना दोस्रो लहर सुरु भएपछि विरामीहरु घरमा नै बस्न रुचाएको पाइएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर जम्मा आइसोलेसनमा एक हजार ५९३ जना छन् जसमध्ये एक हजार ४१८ जना घरमा नै आइसोलेसनमा रहेका छन् । जुन जम्मा संख्याको ८९ प्रतिशत बढी हुन आउँछ । त्यसैगरी, अस्पतालको आइसोलेसनमा १३९ जना र सार्वजनिक आइसेलेसनमा ३६ कोरोना संक्रमित रहेका छन् । यस तथ्यांक हेर्दा अधिकांश संक्रमितको रोजाइमा अस्पताल या सार्वजनिक आइसोलेसन भन्दा घरको आइसोलेसन नै बढी रोजाइमा पर्न गएको देखिन्छ ।

चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु

चितवन : चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका वडा नम्बर १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको मंगलवार निधन भएको हो। इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजिटिभ देखिएकी उनी