बैतडी : विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ।जिल्लाको पाटन नगरपालिका–४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो। मङ्सिर २१ गतेसम्मका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयकी शिक्षिका सुशीला भण्डारीले जानकारी दिइन्।विद्यालयका अन्य विद्यार्थी र शिक्षक सबैको कोरोना परीक्षण गरिने भएको छ। बैतडीमा हाल कोरोनाका ४ जना सक्रिय सङ