विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

रुकुम पश्चिम – रुकुम पश्चिमको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको छ । त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्ययनरत सात जना विद्यार्थीमा कोराना पोजेटिभ देखिएपछि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको शिक्षक गणेश ओलीले जानकारी दिनुभयो । आज बुधवार २० जना विद्यार्थीको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ प्रतिशत विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो । केही दिनयता दिनहुँजसो...