एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ । बुधबार थाइल्यान्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।