काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा टिभिएस स्कुटरहरूमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरीदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा स्कुटर खरीद गर्न सक्नेछन् । माघ २४ गतेदेखि शुरू भएको यो योजना फागुन १६ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिको लागि उपलब्ध हुने यो योजना भदौ २० गतेबाट देशभर लागु भएको छ । “कायापलट“ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक