टिभिएसले ल्यायो ‘टिभिएस लभ एक्सप्रेस’ अफर

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा  टिभिएस स्कुटरहरूमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरीदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा स्कुटर खरीद गर्न सक्नेछन् । माघ २४ गतेदेखि शुरू भएको यो योजना फागुन १६ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।