रामेछाप– रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् । धनुषाको ढल्केवरस्थित सबस्टेशनपछिको ठूलो यो सबस्टेशन २२०/१३२ केभी क्षमताको हो । नयाँ खिम्ती सबस्टेशन देशको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग […]