सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रविन्दु, भूकम्प ५.९ म्याग्निच्युडको

काठमाडौं : नेपाल र चीनको सीमामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रबिन्दु बनाएर बुधवार दिउँसो भूकम्प गएको छ। भूकम्प ५.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 'आजको भूकम्प ५.९ म्याग्निच्युड मापन गरिएको छ। नेपाल चीनको सीमामा सिन्धुपाल्चोक नजिकै गएको हो,' केन्द्रका प्रमुख लोकविजयी अधिकारीले भने। दिउँसो ३ बजेर ७…

सम्बन्धित सामग्री

सर्वसाधारणका लागि खोलिँदै तातोपानी नाका

भूकम्प र पराकम्पनको आठ वर्षपछि उत्तरी नाका तातोपानी सर्वसाधारणको आउजाउका लागि खोल्न नेपाल–चीनतर्फ आवश्यक भौतिक पूर्वाधार र अन्य पुनर्निर्माणको तयारी थालिएको छ ।

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

२४ असार, सिन्धुपाल्चोक ।  जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार । विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन । […]

आठ वर्षपछि पूर्ण रूपमा खुल्यो तातोपानी

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी ८ वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । २०७२ वैशाख १२ मा भूकम्प आएको अर्को दिनदेखि बन्द रहेको यो नाका सोमबारबाट पूर्ण रूपमा खुलेको हो । भूकम्पपछि बन्द यो नाका सरकार, स्थानीयबासी र व्यापारीको दबाबपछि बेलाबेलामा एकतर्फी रुपमा मात्र सञ्चालनमा आउने गरेको थियो । नेपालबाट ८ वर्षयता पहिलोपटक सोमबार सामान […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । नेपाल र चीनको सीमामा पर्ने सिन्धुपाल्चोकको तातोपानी नजिकै केन्द्रबिन्दु बनाएर बुधवार दिउँसो भूकम्प गएको छ। भूकम्प ५.९ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा, दार्चुलामा अध्ययन सुरु

दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो ।पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले यहाँ पुगेर अवस्थाबारे अध्ययन गरेका हुन् । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला र बझाङमा बढी जोखिम रहेको हुनसक्ने अनुमानका आधारमा उनीहरुले यहाँको अवस्थाबारे अध्ययन थालेका छन् ।पश्चिम नेपालमा ५१७ वर्षयता ठूलो भूकम्प गएको छैन । नेपालका ठूला भूकम्पमध्ये अबको १० वर्षभित्र पश्चिम नेपालमा ठूलो भूकम्प आउनसक्ने भूकम्पविद् प्रोफेसर पेरियर बताउछन् । “पश्चिम नेपालमा १० वर्षभित्र ठूलो भूकम्प आउने खतरा छ”, उनले भने , “तातोपानी भएको क्षेत्रमा भूकम्प आउने सम्भावना बढी हुने भएकै कारण यहाँको पानीको अवस्थाबारे अध्ययन गर्न आएका हौँ ।”दार्चुलाका श्रीवगडको पानीमा त्यति खतराको अवस्था नरहेको उनले बताए । पानीको तापक्रम ६४.६ डिग्री देखिएको उनले जानकारी दिए । ग्यासको मात्रा सिओ–२ मात्रै छ । उनका अनुसार ग्यास बढी भएको भए भूकम्प चाँडो आउने सम्भावना रहन्छ । “यहाँ ग्यासको मात्रा अहिले बढेको छैन्, मेरो अनुभवले जुन तातोपानीमा ग्यासको मात्रा बढी हुन्छ त्यो खतरा हो”, उनले भने ।नेपालमा लामो समयदेखि भूकम्प आउने क्षेत्रबारे अनुसन्धान गर्दै आएका प्रोफेसर पेरियरकले अहिले नै यो क्षेत्रमा जोखिमको अवस्था धेरै नरहेको बताए । उनले भने, “हामीले गरेको अनुसन्धानको डिटेल रिपोर्ट आउन ३÷४ महिना लाग्छ ।”पछिल्लो समय सुदूरपश्चिमका दार्चुला, बझाङ लगायतका केन्द्र भएर साना भूकम्प भने बढी जाने गरेको टेक्निकल असिस्टेन्ट शर्मा बताउछन् । “मैले भूकम्प मापन केन्द्र सुर्खेतमा बसेर काम गरेको हुँदा यो क्षेत्रमा साना भूकम्प धेरै जाने गरेको थाहा छ”, उनले भने ।

तातोपानी नाकामा सरकारले लगानी गर्नुपर्छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाको निरीक्षण गर्दै सापकोटाले उक्त नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने देखिएको बताए । ‘यो नाकाले वार्षिक अर्बाैंको राजस्व भिœयाउँदै आएको थियो,’ सापकोटाले भने, ‘जुरे पहिरो, भूकम्प र पटकपटकको प्राकृतिक विपद्का कारण अहिले यो क्षतविक्षत बन्न पुगेको छ । यस नाकालाई पूर्णरूपमा सञ्चालन गर्न नेपाल सरकारले लगानी गर्नुपर्ने देखियो ।’ सभामुख सापकोटाले वार्षिक अर्बाैंको राजस्व भिœयाउन पनि राज्यले नाकालाई सुदृढ बनाउन कञ्जुस्याइँ गर्न नहुने बताए । बाह्रबीसेदेखि कोदारीसम्मको विकासलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने भन्दै उनले त्यसका लागि अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘दीर्घकालीन रूपमा धुलिखेलदेखि कोदारीसम्मको सडकलाई दुईलेनको बनाउन सकिन्छ,’ उनले भने, ‘अल्पकालीन रूपमा भने बाह्रबीसेदेखि कोदारीसम्म भत्किएका र बिग्रिएका संरचनाहरूलाई तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’ सभामुख सापकोटाले त्यसका लागि बजेट छुट्याउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे । सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, लिपिङ बजारको निरीक्षण गरेको छ । लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा मात्रै भूकम्पअघि दैनिक करोडौंको कारोबार हुन्थ्यो । ठूलाठूला होटेल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरू यहाँ थिए । यसलाई पुनः सुचारू गरिनुपर्नेमा सभामुख सापकोटाले जोड दिए । सभामुखसँगै नाका निरीक्षणका लागि पुगेका अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकालाई सहज बनाउन कूटनीतिक पहल भइरहेको बताए । ‘तातोपानी नाकालाई सुदृढ बनाउँदै व्यवसायलाई सहज बनाउन कूटनीतिक पहल भइरहेको छ,’ शर्माले भने, ‘पहिलेको तुलनामा नाकामा उल्लेख्य सुधार भइसकेको छ र अझ यो नाकालाई विस्तार गरेर जाने विषयमा चीन सरकारसँग सहमतिसमेत भइसकेको छ ।’ अर्थमन्त्री शर्माले अबको केही महीनाभित्रबाट नाका नियमित पूर्णरूपमा सञ्चालन हुने दाबी गरेका छन् । ‘भौतिक पूर्वाधार निर्माण, बाहबीसे–कोदारी सडक र भूक्षय रोकथामका लागि चीन सरकारसँग विस्तृत जानकारी दिइसकेका छौं,’ उनले भने, ‘नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन चीन सरकार सहमत देखिएको छ ।’ तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे सभामुख सापकोटा र अर्थमन्त्री शर्माले जानकारी लिएका हुन् । उनीहरूले अरनिको राजमार्गको सडक अवस्थाको निरीक्षण गरेका थिए । बाह्रबीसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमीटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरिएको थियोे । भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय व्यवसायी, तातोपानी भन्सारलगायतसँग छलफलसमेत भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । ‘नाका र अरनिको राजमार्ग सुधारका लागि चीनसँग आवश्यक थप समन्वय गर्नेबारे छलफल केन्द्रित थियो,’ न्यौपानेले भने । कोभिड–१९ महामारी र सीमाक्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयातनिर्यात पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

दसैँका सामग्री बोकेका एक हजार कन्टेनर दुई हप्तादेखि चिनियाँ क्षेत्रमै रोकिए

कोरोनाको महामारी र सडकको दुरावस्थाले उत्तरी नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात दुई वर्षदेखि दैनिक पाँच कन्टेनरमा सीमित थियो । पुनर्निर्माणसँगै भूकम्प र बर्खाको बाढीपहिरोले भत्किएका सडकको अवस्था सुध्रियो...

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

सिन्धुपाल्चोक । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ...

झन्डै चार वर्षपछि तातोपानी नाका खुल्ने ‘ग्रिन सिग्‍नल’

सिन्धुपाल्चोक : बैशाख १२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द छ। नेपाल र चीनको प्रमुख व्यापारिक नाका बन्द हुँदा दुवै देशको अर्थतन्त्रमा ठूलै नोक्सानि परेको छ। तर भूकम्प गएको करिव चार वर्षपछि तातोपानी नाका खुल्ने ‘ग्रिन सिग्नल’ देखिएको छ। तीन वर्षदेखि बन्द तातोपानी नाका संचालनमा ल्याउने चिनि...

तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने

काठमाडौं । भूकम्प गएको करिव ३ बर्षपछि तातोपानी नाका नजिकैको लार्चाको सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ।   तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माण सम्वन्धमा भएको सहमति कार्यान्वयनका लागि  नेपाल इन्टर मोडल यातायात विकास ...