विश्वकपमा यो पटक वेल्सलाई छाड्ने हो भने लामो समयपछि विश्वकपमा स्थान बनाएको अर्को देश हो- क्यानडा।करिब ३६ वर्षपछि विश्वकपमा स्थान बनाउँदै गर्दा क्यानडा अल्फोन्स डेभिसमाथि भर परेको छ। अल-रायन रंगशालामा अहिले स्वर्णिम पुस्ता मानिने बेल्जियमविरुद्ध २३ नोभेम्बरमा मैदानमा उत्रिँदै गर्दा आफ्नो छवि एक स्थानमाथि पुर्याउने लक्ष्यमा क्यानडा रहनेछ। किशोर अवस्थाबाटै शानदार प्रदर्शन गर्दै आएका डेभिसको पारिवारिक संघर्षको कथा भने हृदयविदारक छ तर उनको सपना फक्रिन भने धेरै समय लागेन।डेभिस