ललितपुरस्थित पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाल सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे ।
भदौंदेखि नै परीक्षणमा रहेको प्लान्टलाई औपचारिक रूपमा शुक्रवारबाट सञ्चालनमा ल्याइएको हो । ३ करोड लागतमा जडान भएको प्लान्टका लागि महानगरले १ करोड गत माघ महिनामा हस्तान्तरण गरेको थियो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमणको महामारी अझै बाँकी रहेकाले अक्सिजन प्लान्टक...