बाँकेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रुपैयाँ हिनामिना भएको पाइएको छ । संस्थाका चारजना कर्मचारीको मिलेमतोमा करिव ३८ करोड रुपैयाँ हिनामिना भएको पाइएको हो । यसअघि सहकारीको आन्तरिक छानबिन समितिले करिव २६ करोड अपचलन भएको निष्कर्ष निकालेको थियो ।