काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ। बिहीवार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो।
विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो। विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भने, ‘हुन्छ…